विमान दुर्घटनाको अनुसन्धान सुरु

फाल्गुन ३०, २०७४

युएस बंगला एयरको विमान दुर्घटनाको अनुसन्धान गर्न बनेको आयोगले हिजो घटनास्थलको अवलोकन गरेको छ ।

दुर्घटनास्थलको अबलोकन गर्न त्रिभुवन विमानस्थल पुगेको आयोगको टोलीले भोलिदेखि अनुसन्धान शुरु हुने जनाएको छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको मध्ये सोमबारको दुर्घटनामा  धेरै मानवीय क्षतिको घटना भएकोले प्राविधिक वा मानवीय त्रुटीका सम्बन्धमा अध्ययनको महत्व बढी हुने आयोगका संयोजक यज्ञ गौतमले बताउनुभयो । आयोगले घटनास्थलको अध्ययन र घाइतेहरुसँग पनि बुझ्ने छ ।

ककपिट भ्वाइस रेकर्डको टेक्निकल अनुसन्धानकालागि विदेश पठाउनुपर्ने छ । यता नागरिक उड्ययन प्राधिकरणले घटनामा उद्दार तत्काल भएको र दुर्घटनाका बारेमा अध्ययन प्रतिवेदनपछि मात्र जानकारी प्राप्त हुने बताएको छ ।

यसैबीच  युएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली नेपाल आइपुगेको छ ।