त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान दुर्घटना

फाल्गुन २८, २०७४

काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२-एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। फ्लाइट नम्बर युबिजी २११ भएको उक्त विमानमा चालकदलका ४ सहित ७१ यात्रु यात्रारत थिए ।

प्रत्यक्षदर्शी चावहिल मैजुबहाल बस्ने मोहनबिक्रम लामाका अनुसार विमान आकाशबाट एकै पटक तल ओर्लियो, ल्याण्ड नभइ साँखुतिर हान्नियो। जहाज फेरी फर्केर घरतिरै ठोक्किएल झै गरी आयो। ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिन्मा धुवा आयो।