मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता

फाल्गुन २७, २०७४

केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएको २५ दिन पुरा हुँदा समेत उहाँको मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन ।

दुई तिहाइ निकटको वाम गठवन्धनवाट  प्रधानमन्त्री बन्नु भएका ओलीका लागि विश्वासको मत लिने काम औपचारिकता मात्र हुने छ । तर पार्टीभित्रका आकांक्षीको व्यवस्थापन र गठवन्धन दललाई विश्वासमा लिएर मन्त्रिपरिषद् विस्तार गर्ने काम भने उहाँका लागि चुनौतीपूर्ण छ । 

।  

फागुन ३ गते प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि सपथ लिदाँ ओलीले एमालेका  दुई मन्त्रीलाई शपथ गराउनुभयो । एघार दिनपछि एमाले र माओवादी केन्द्रवाट ४ मन्त्री थपिए ।  संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समावेश गराउने बिषयमा छलफल भएपनि संविधान संशोधनका विषयमा सहमती जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भै रहेको छ । 

संघीय सरकारमा मन्त्रीको संख्या २५ भन्दा बढाउन नपाउने संविधानको व्यवस्था बमोजिम १८ मन्त्रालय राख्ने निर्णय भैसकेको छ । फोरम र राजपालाई समेत समावेश गराउँदा एमाले र माओवादीबीच बाँडफाड भैसकेकका मन्त्रालयको समायोजन कसरी गर्ने भन्ने विषयमा पनि कुरा मिलेको छैन ।  राष्ट्रपति निर्वाचन लगत्तै सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उहाँ निकट नेताहरु बताउँछन् ।