प्रेसमाथि स्वार्थ समूहबाट आक्रमण भएको भन्दै गम्भिर आपत्ति

पुस २७, २०७४

नेपाल मिडिया सोसाइटीले जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गरिरहेको प्रेसमाथि स्वार्थ समूहबाट आक्रमण भएको भन्दै गम्भिर आपत्ति जनाएको छ ।

सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कडेलद्धारा जारी वक्तव्यमा राजनीतिक संरक्षणको आवरणमा प्रेसलाई धम्की, दवाव, र स्वनियन्त्रणको बाटोमा पुर्‍याउन विभिन्न स्वार्थ समूह कृयाशिल भएको तर्फ सोसाइटीको ध्यानाकर्षण भएको उल्लेख छ । 

व्रिटिश भर्जिन आइल्याण्ड लगायतका ट्याक्स हेभन मानिने मुलुकबाट नेपाली व्यक्तिले कम्पनी खोल्ने र आफ्नै कम्पनीमा ऋण भित्र्याउने गरिएको घटनावारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र सम्पत्ति शुद्धिकरण विभागको छानविन सम्वन्धी प्रतिवेदनका आधारमा कान्तिपुर दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया विरुद्ध धम्की दिएको भन्ने अनर्गल आरोप सहित उजुरी गरिएको विषयप्रति सोसाइटीले आपत्ति जनाएको छ ।