तराई मधेश द्रुत मार्गको निर्माण कार्यले निरन्तरता पायो !

पुस २७, २०७४

नेपाली सेनाले निर्माण कार्यको जिम्मा पाएको काठमाडौ निजगढ तराई मधेश द्रुत मार्गको निर्माण कार्यले अहिले निरन्तरता पाएको छ । पहिलो चरणको कार्य अन्तर्गत सेनाले बारामा पर्ने जंगलको रुख कटान र घाटगद्दीको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।

राजधानी काठमाडौलाई तराईसाग जोडने सबभन्दा छोटो दुरीको यो मार्ग निर्माण गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो ।  पहिलो चरणको कार्य अन्तर्गत सेनाले एक महिना नबित्दै बारामा पर्ने झण्डै साढे आठ किलोमिटर जंगलको रुख कटान, छपान घाटगद्दी र बाटो सम्याउने कार्य सम्पन्न गरेको छ ।

द्रुत मार्ग निर्माणका लागि २०६७ सालमा सेनाले ट्रयाक खोलेपछि सुस्त बनेको यो मार्ग छिटो निर्माण गर्न दबाव बढेपछि तत्कालीन प्रधानमन्त्री पुष्मपकल दाहालले गएको जेठ १४ गते निर्माण सिलान्यास गरी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेसागै निर्माण कार्यले गति लिएको हो । निर्माण कार्यले गति लिएसागै यहााका सर्वसाधारण र युवाहरु उत्साहित बनेका छन् ।

७६ दशमलव दुई किलोमिटर दुरीको द्रुतमार्ग निर्माण कार्यलाई छिटो सम्पन्न गराउन नेपाली सेनाले दश वटा प्वाईण्टहरु निर्माण गरी जनशक्ति र प्रबिधि परिचारल गर्ने योजना अन्तर्गत अहिले पााच ठाउामा प्वाईण्ट खडा गरिसकेको जनाएको छ । निर्माण कार्यका लागि नेपाली सेनाले खरिद गरेको ४५ वटा टि्रपरसागै लोडर डोजर जस्ता भौतिक मेशिनरीहरु पनि धमाधम आइरहेकाले निर्माण कार्य छिट्टै सम्पन्न हुनेमा सर्वसाधारण विश्वस्तछन् ।