Kantipur Samachar | कान्तिपुर समाचार, १० चैत २०७५

समाचार

खेलकुद

कुवेतसँगको मैत्रीपूर्ण फुटबलमा ५ नयाँ खेलाडीको डेब्यु

चैत्र १०, २०७५

खेलकुदमा लाग्ने सबैजसो खेलाडीको सपना हुन्छ अन्तर्राष्ट्रियस्तरको खेलमा प्रतिनिधित्व गर्ने । तर सबै खेलाडीको सपना पूरा हुँदैन । अझ फुटबलमा त धेरै खेलाडीले क्लबस्तरीय खेल खेल्न पाउनुलाई नै उपलब्धि मान्छन् । तर कोही खेलाडी यस्ता छन, जसले छोटो समयमा नै राष्ट्रिय टिमको यात्रा गरेका छन् ।
पूरा पढ्नुहोस् »

उपत्यका

अकालमा मृत्यु भएकाहरुको मोक्षका लागि आगोमा नृत्य

चैत्र १०, २०७५

भक्तपुर सिपाडोलको बैरिखेलमा शुक्रबार राति २३ जनाले आगोको भुङ्ग्रोमा नृत्य गरे । अकालमा मृत्यु भएका आफ्नो कुलका सदस्यको आत्माको मोक्षका लागि भन्दै उनीहरुले आगोको भुङ्ग्रोमा खाली खुट्टाले नृत्य गरेका हुन् ।
पूरा पढ्नुहोस् »

स्वास्थ्य

डाउन सिन्ड्रोम भएका बालबालिका

चैत्र १०, २०७५

तपाईंको परिवार वा समुदायमा उमेर बढ्दै गए पनि खानपानदेखि लुगा लगाउन र सही गलत छुट्याउनसम्म अरुको सहयोग चाहिने समस्या भएका व्यक्ति देख्नुभएको होला । यी लक्षण एक प्रकारको बौद्धिक अपांगता– डाउन सिन्ड्रोमका हुन् । यो समस्या भएकाहरूले पनि उचित तालिम पाए अरूले जस्तै क्षमता र प्रतिभा देखाउन सक्छन् ।
पूरा पढ्नुहोस् »

मनोरन्जन

क्युएफएक्स कसरी सफल भयो ?

चैत्र १०, २०७५

कान्तिपुर टेलिभिजनबाट नियमित रुपमा प्रशारण हुने चर्चित कार्यक्रम इट्स माइ शो मा यतिबेला चर्चित हल ब्यापारी नकिम उद्धिन उपस्थित भए । नेपालमा अत्याधुनिक हल संचालन गर्ने श्रेय उनैलाई जान्छ । क्युएफएक्स मल्टिप्लेक्सका प्रमुख समेत रहेका व्यवसायी तथा चलचित्र निर्माता उद्धिनले नेपालमा कसरी नयाँ डिजाइनको हल संचालनको सोच आयो, कसरी सफल हुन सकियो लगायत विभिन्न विषयमा गहकिलो भनाई राखेका छन् ।
पूरा पढ्नुहोस् »

अर्थ र विकास

लोकप्रिय हुँदै अल्लोका कपडा

चैत्र १०, २०७५

घरेलु तानमा बुनेका अल्लोका कपडा लोकप्रिय हुँदै गएपछि संखुवासभाबाट मात्रै वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको निर्यात हुन थालेको छ । अल्लोका कपडाको व्यवसाय गरेरै संखुवासभाका कैयौं घरपरिवारले वर्षेनि लाखौं रुपैयाँ आर्जन गरिरहेका छन्।
पूरा पढ्नुहोस् »

अर्थ र विकास

बिर्सिइएको रोप-वेको त्यो समय

चैत्र १०, २०७५

नेपालमा योजनाबद्ध विकास सुरु भएको ६ दशक भयो । त्योभन्दा पनि जेठो यातायातको पूर्वाधार हेटौंडा-काठमाडौं रोप-वे राष्ट्रिय विकासको कोशेढुंगा मात्रै नभइ आर्थिक इतिहासको एउटा धरोहर पनि हो । तर यसको सञ्चालन त परै जाओस्, भएका अवशेष संरक्षणको बेवास्ताले इतिहास नै मेटिँदै छ ।
पूरा पढ्नुहोस् »

अर्थ र विकास

सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रको आकर्षण देखिएन

चैत्र १०, २०७५

सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रको खासै आकर्षण देखिएन । सरकारले पनि बाध्य पार्न सकेको छैन । सकोस् पनि कसरी ? सामाजिक सुरक्षा र श्रम कानुन बनाएका सांसदहरूले आफ्ना सहयोगी कर्मचारीलाइ सामाजिक सुरक्षामा आबद्ध गराएका छैनन् ।
पूरा पढ्नुहोस् »

समसामायिक

प्रशासनिक काममै अलमलिंदै थिङ्क ट्याङ्क

चैत्र १०, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिको अध्ययन, अनुसन्धान र विश्लेषण गरेर सुझाव दिन बौद्धिक समूह अर्थात थिंक ट्यांकको अवधारणामा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेका थिए । तर गठन भएको ६ महिनासम्म पनि प्रतिष्ठानचाहिँ भौतिक पूर्वाधार, कानुनी अवस्था तथा संगठन निर्माणमै अल्झिएको छ ।
पूरा पढ्नुहोस् »

स्वास्थ्य

इन्फ्लुएन्जाका कारण तीन महिनामा काठमाडौंमा १८ को मृत्यु

चैत्र १०, २०७५

स्वाइन फ्लु भनेर चिनिने एचवान एन-वान लागायतका इन्फ्लुएन्जाका कारण पछिल्ला तीन महिनामा काठमाडौंमा मात्र १८ जनाको मृत्यु भएको छ । सुरूमा रूघाखोकीजस्तै देखिने र सजिलै हावाको माध्यमबाट सर्ने यस्ता रोगविरूद्ध खोप कार्यक्रम सञ्चालन गर्न नसक्दा यति धेरैको ज्यान गएको हो ।
पूरा पढ्नुहोस् »

थप केही समाचार