जनताले ‘प्रेस के हो ?’ नै बुझ्न सकेनन् : प्रतीक प्रधान (अन्तर्वार्ता)

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनताले ‘प्रेस के हो ?’ नै बुझ्न सकेनन् : प्रतीक प्रधान (अन्तर्वार्ता)

काठमाडौं । बाह्रखरी डटकमका प्रधान सम्पादक तथा पत्रकार प्रतीक प्रधानले ‘प्रेस के हो ?’ भन्ने कुरा बुझ्न नसक्दा जनताले प्रेस स्वतन्त्रताको लाभ लिन नसकेको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कान्तिपुर समाचारमा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘प्रेस स्वतन्त्रताको लाभ जनताले किन लिन सकिरहेका छैनन् भने पहिला त जनताले नै प्रेस भनेको के हो- बुझ्न सकेनन् । हामीले बुझाउन पनि सकेनौँ,’ उहाँले भन्नुभयो, ‘यो टेक्नोलोजिकल डेभलपमेन्टले गर्दाखेरि यति धेरै सूचना आए, ती सूचना पत्रकारिताबाट आएका हुन् कि ? व्यक्तिबाट आएका हुन् कि ? कहीँबाट बायस भएर आएका पो हुन् कि ? यस्ता कुनै कुरा जनताले छुट्याउन सकेनन् ।’

यसमा जनताको पनि दोष रहेको पत्रकार प्रधानको भनाइ छ । सूचना सर्वत्र उपलब्ध रहेको तर जनताले सूचना र समाचारबीचको भेद छुट्याउन नसकेको उहाँले औँल्याउनु भयो । उहाँले मिडिया धेरै हुँदा मिडियाका खराबीहरू पनि धेरै हुन पुगेकोसमेत बताउनु भयो ।

विस्तृतमा हेर्नुहोस् बाह्रखरी डटकमका प्रधान सम्पादक प्रधानसँग सहकर्मी श्रद्धा अर्यालले गर्नु भएको कुराकानी :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.