कान्तिपुर समाचार

प्रेसलाई नियन्त्रण भन्दा जिम्मेवार पो बनाउने हो कि ?

चैत्र ४, २०७५

प्रदेश ५ सरकारले भने संविधानविपरीत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन बनाउन लागेको भन्दै सञ्चारकर्मीहरूले असन्तुष्टि प्रकट गरेका छन् । ऐनको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सक्ने प्रावधान राखेको उनीहरूको आरोप छ ।

पूरा पढ्नुहोस् »

४२ स्थानीय तह अझै बैंकविहीन

चैत्र ४, २०७५

सरकारले गत असारसम्ममा सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुर्‍याउने घोषणा गरेको थियो । तर, अहिलेसम्म पनि ७ सय ५३ मध्ये जम्मा ७ सय ११ स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न सकेका छन् ।

पूरा पढ्नुहोस् »

२१ सय विद्यार्थी पढ्ने इन्जिनियरिङ कलेज विवादित

चैत्र ४, २०७५

सञ्चालकहरूको विवादका कारण भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेज अन्योलग्रस्त छ । कलेजका सबै बैंक खाता रोक्का छन् । लेखापरीक्षणदेखि नवीकरणको प्रक्रिया अवरूद्ध छ । तर सरकारले विवाद समाधान गरी उचित निकास दिन सकेको छैन ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ चैत २०७५

चैत्र ३, २०७५

आजको मुख्य समाचार :* प्रधानमन्त्रीले सेना परिचालन गर्नसक्ने प्रस्तावित कानून विवादित / दलगत स्वार्थमा सेना प्रयोगको जोखिम । * तीस महिनाभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठाउने सरकारको तयारी / राष्ट्रिय अन्तरिक्ष नीति नबन्दा भूउपग्रहको उपयोगिताबारे भने अन्यौल ।* प्रदेश दुइमा राज्य मन्त्रीलाई अधिकार प्रत्यायोजन गर्न मन्त्रीहरुलाई राजपाको पत्र / कामै नपाएपछि राज्यमन्त्रीहरुले भने- कि काम देउ, कि फिर्ता वोलाउ । * आर्थिक गतिविधि बढे पनि दुर्गममा जान बैंकहरुको अटेरी / तत्कालको नाफा मात्रै हेर्दा ४२ स्थानीय तह अझै बैंकविहीन ।* हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्समा नेपाललाइ स्वर्ण / ३ हजार मिटरको प्रतिस्पर्धामा अजितकुमार यादव च्याम्पियन ।

पूरा पढ्नुहोस् »

सरकारी अस्पतालको हालत: सामान्य घाउका ड्रेसिङ समेत हुँदैनन्

चैत्र ३, २०७५

निःशुल्क उपचारका लागि विरामी सरकारी अस्पताल जान्छन् । तर अस्पतालमा निःशुल्क वितरण गर्नुपर्ने औषधि छैन । सरकारी अस्पताल विरामीको उपचार गर्नेभन्दा रेफरल सेन्टरको रुपमा काम गर्ने थलो बनेका छन् ।स्वास्थ्य बीमाको प्रथम बिन्दु सरकारी अस्पताल हो । यसैले जिल्ला अस्पताल पाल्पामा दैनिक ३ सयभन्दा बढी बिरामी आउँछन् । तर अस्पतालले न विरामीलाई समयमै उपचार गर्ने गरेको छ न त औषधि नै दिने गरेको छ । विरामीले सामान्य ड्रेसिङको उपचार समेत पाउन सकेका छैनन् ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०२ चैत २०७५

चैत्र २, २०७५

आजको मुख्य समाचार :* प्रदेश र स्थानीय तहका लागि संविधानले नै छुट्याएका अधिकार प्रयोगको बाटो केन्द्रले खोलिदिएन / संघीयता कार्यान्वनसम्बन्धी कानुन निर्माण अति सुस्त । * प्रदेश-२ मा राजनीतिक सरगर्मी / जनकपुरमा साताभर राष्ट्रिय शक्तिदेखि क्षेत्रीय दल र संगठनको शक्ति प्रदर्शन । * बर्डफ्लुको संक्रमण भेटिएपछि काठमाडौँ र हेटौंडामा कुखुरा नष्ट गर्न थालियो / प्रभावित क्षेत्रमा कुखुरा, अन्डा र अन्य पक्षीजन्य वस्तु ओसारपसारमा रोक ।* मस्जिद आक्रमणपछि न्यूजिल्याण्डमा बन्दुक राख्न पाउने नीति परिवर्तन गर्ने प्रधानमन्त्री जेसिण्डाको घोषणा / मुख्य आरोपीलाई अदालतमा पेस ।* नेपाल समुह ए को विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा / बंगलादेश तीन-शून्यले पराजित ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ चैत २०७५

चैत्र १, २०७५

आजको मुख्य समाचार :* जनजीविका, सुशासन र विकासका राष्ट्रिय मुद्दामा संघीय संसद उदासीन / विवादित नियुक्तिमा सरकारलाई नै साथ ।* सरकारद्वारा ठूला आयोजनाको काम बिनाप्रतिस्पर्धा निर्माणकर्तालाई दिन सक्ने कानुन प्रस्ताव / २५ अर्बमाथिका आयोजनाको निर्णय प्रधानमन्त्रीले गर्ने । * लगानी सम्मेलनका लागि ६० आयोजना छनोट / जलविद्युत मुख्य प्राथमिकतामा ।* न्यूजिल्यान्डका दुई मस्जिदमा बन्धुकधारीको हमलामा मृत्यु हुनेको संख्या ४९ पुग्यो / २० जना गम्भीर घाइते / शंकास्पद तीन पक्राउ । * भारत र श्रीलंका साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा / माल्दिभ्स भने बाहिरियो ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, ३० फाल्गुण २०७५

फाल्गुन ३०, २०७५

आजको मुख्य समाचार :* नेत्रविक्रम चन्दको पार्टीलाइ प्रतिबन्ध लगाएकोमा असन्तुष्ट नेकपाका नेताहरुलाइ मनाउन प्रधानमन्त्री सकृय / प्रतिबन्धित पार्टीको बन्दको प्रभाव देशैभरी । * प्रमुख प्रतिपक्षमा व्यक्तिगत र गुटगत स्वार्थको असर / राष्ट्रिय मुद्दामा एकपछि अर्को अस्पष्टता । * सिंहदरबारभित्रैका भवनको छैन नक्सा पास / नीति नियम बनाउने र कार्यान्वयन गराउने निकायबाटै कानुन उल्लंघन । * मसुद अजहरलाई अन्तरराष्ट्रिय आतंककारी घोषित गर्नबाट रोक्ने चीनको कदमले भारतमा राजनीतिक तरंग / मोदी सीसँग डराएको राहुलको टिप्पणी । * नेपाल एक खेल अघि नै साफ महिला च्याम्पियनसिपको सेमिफइनलमा / भुटानलाई २-० ले हराएको बंगलादेश पनि अन्तिम चारमा ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २९ फाल्गुण २०७५

फाल्गुन २९, २०७५

आजको मुख्य समाचार :* नेकपाका अध्यक्ष द्वयबिच भेटघाटको सिलसिला तीब्र / आज पनि वालुवाटारमा छलफल / पार्टी समायोजन सकेर मन्त्रीपरिषद हेरफेरको तयारी ।* वकिलहरुलाइ चुनाबको चटारो / न्यायपालिकाको स्वतन्त्रता जोगाउनु नयाँ नेतृत्वको मुख्य चुनौती । * सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार आएन / राष्ट्रिय सतर्कता केन्द्रको सर्वेक्षण भन्छ- ५० प्रतिशत सेवाग्राही नागरिक बडापत्रबारे नै अनभिज्ञ ।* ईयुबाट बिना कुनै सम्झौता बाहिरिने की नबाहिरिने भन्ने बारे बेलायती संसदमा आज अर्को मतदान हुँदै / ब्रेक्जिटको समयसिमा १७ दिन मात्रै बाँकी । * साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्सलाइ हरायो / माल्दिभ्सको पोष्टमा आधा दर्जन गोल ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २८ फाल्गुण २०७५

फाल्गुन २८, २०७५

आजको मुख्य समाचार :* प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच मन्त्रीपरिषद् हेरफेरबारे छलफल / केही दिनभित्रै पार्टी समायोजनको काम पनि सक्ने सहमति ।   * शक्तिशाली बनाउन खोजिएको प्रधानमन्त्री कार्यालयको संरचनै कमजोर / अनुगमन नहुँदा  मातहत ल्याइएका निकायको काम पनि सन्तोषजनक भएन ।    * मलेसियामा रोजगारी खुलाउन कुटनीतिक संयन्त्र र म्यानपावर व्यवसायीसमेत परिचालन / क्वालालम्पुरबाट फर्किएका सांसद भन्छन–अवरुद्ध रोजगारी दुई हप्तामा खुल्छ ।  * संवैधानिक हैसियतको महिला आयोग अस्तित्वमा मात्रै / डेढ वर्षदेखि पदाधिकारीविहिन  । * साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल विजयी / भुटान तीन शून्यले हार्यो ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २७ फाल्गुण २०७५

फाल्गुन २७, २०७५

आजको मुख्य समाचार :* जनमत संग्रहसम्बन्धी कुनै सहमति नभएको प्रधानमन्त्रीको स्पस्टोक्ति / जनअभिमतको अर्थ बहुमत भएको तर्क । * विकास आयोजनाका विवाद सुल्झाउन बनाइएका मध्यस्थ संयन्त्रका अधिकांश निर्णय ठेकेदारका पक्षमा / सडकका ४१ विवादमध्ये ३५ वटामा सरकार पराजित / साढे ३० करोड क्षति ।* सत्तारुढ संघीय समाजवादी फोरमद्वारा प्रतिपक्षी राजपासँग एकता प्रस्ताव / एकताअघि सत्ताबाट बाहिरिनुपर्ने राजपाको सर्त । * शिक्षाको स्वरुप र संरचनाअनुसार विश्वविद्यालयको वर्गीकरण गर्न विश्वविद्यालय अनुदान आयोगको सिफारिस / छलफल नगरिएको भन्दै केहीको विरोध ।* पाँचौँ साफ महिला च्याम्पियनसिप भोलीबाट / ६ टिमका कप्तानद्वारा ट्रफी सार्वजनिक ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २६ फाल्गुण २०७५

फाल्गुन २६, २०७५

आजको मुख्य समाचार :* सीके राउतसँगको सहमतिको संसदमा चर्को विरोध / संविधानविपरीत भन्दै सत्तापक्षकै सांसदको आपत्ति / गृहमन्त्री भन्छन्-जनमत संग्रह गर्ने सहमति भएको छैन । * संसदीय सुनुवाइ समिति आफ्नो भूमिकामा फेरि चुक्यो / परीक्षणबिनै समीम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष बन्ने बाटो खुला । * पद बहालीलगत्तै मन्त्रीहरुले धूमधामसँग गरेका घोषणा कार्यान्वयनमै आएनन् / तयारीबिनै सार्वजनिक गरिएका योजना चर्चा कमाउने मेलो मात्रै । * इथियोपियाबाट केन्याका लागि उडेको विमान दुर्घटना / विमानमा सवार एक सय ५७ जनाकै मृत्यु । * साफ महिला च्याम्पियनसिपका लागि नेपाली टिमको तयारी पूरा / उपाधिमाथि कब्जा जमाउने लक्ष्य ।

पूरा पढ्नुहोस् »

Kantipur Samachar | कान्तिपुर समाचार, २५ फाल्गुण २०७५

फाल्गुन २५, २०७५

आजको मुख्य समाचार :* प्रधानमन्त्री ओली राजपा र फोरमप्रति आक्रामक / नेकपाले चाहे प्रदेश-२ को सरकार जुनसुकै बेला ढाल्न सक्ने चेतावनी । * सीके राउतको मूल धार प्रवेशले मधेश राजनीति नयाँ मोडमा / जनअभिमतबाट समाधान खोज्ने सहमतिको भाषाप्रति नेकपाभित्रै विरोध ।* दस प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित पन्ध्रौं योजनाको खाका तयार / महत्वाकांक्षी योजनाका लागि आर्थिक स्रोत भने अनिश्चित । * उत्तर कोरियाले मिसायल परीक्षण पुन: थाल्यो / उत्तरको कदमले आफूलाई दु:खी बनाएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ । * त्रिभूवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा / उपाधिका लागि घरेलु टिम झापासँग खेल्ने ।

पूरा पढ्नुहोस् »