फाल्गुन ९, २०७५
पर्यटन क्षेत्रमा प्रसिद्ध लोन्ली प्लानेट नामक अन्तर्राष्ट्रिय संस्थाले विश्वका घुम्नलायक पाँच उत्कृष्ट सहरको सूचीमा काठमाडौंलाई राखेको छ । तर जनघनत्वका आधारमा भने काठमाडौं श्वास फेर्न पनि मुस्किल सहर बनिरहेको छ । संसारका सबभन्दा व्यस्त मानिने लण्डन, बर्लिन, पेरिस लगायत विकसित सहरको तुलनामा काठमाडौंले प्रतिकिलोमिटर चार गुणाभन्दा बढी जनसंख्याको भार थेग्नु परिरहेको छ ।
पूरा पढ्नुहोस् »