अब सय रुपैयाँको अग्रभागको पृष्ठभूमिमा नेपालको नयाँ नक्सा

वैशाख २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अब सय रुपैयाँको अग्रभागको पृष्ठभूमिमा नेपालको नयाँ नक्सा

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन परिमार्जन गर्न निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखी चलनचल्तीमा ल्याउने निर्णय गरेको हो ।

नेपाल सरकारले चार वर्षअघि २०७७ जेठ ७ गते जारी गरेको नेपालको नक्सामा लिपुलेक लिम्पियाधुरालगायत क्षेत्र समेटिएको छ । संविधानमा संसोधन गरी ती नेपाली भूभागलाई समेटे पनि सय दरका नोटमा पुरानै नक्सा राखी छापिएका नोट नै चलनचल्तीमा थिए ।

हेर्नुहोस् मन्त्रिपरिषद्का थप निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.