कालीगण्डकीको मोटरेबल पुलको ‘रेट्रोफिटिङ’

वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कालीगण्डकीको मोटरेबल पुलको ‘रेट्रोफिटिङ’

म्याग्दी । कालीगण्डकी नदीको निरन्तर कटानले पिलर फुटाएर जोखिम बढेपछि म्याग्दी सदरमुकाम जोड्ने बेनी नगरपालिका ८, कालीपुलस्थित मोटरेबल पुलको रेट्रोफिटिङ थालिएको छ ।

सडक विभागले २०६३ सालमा कालीगण्डकी नदीमाथि निर्माण गरेको ७२ मिटर लामो मोटरेबल पुलको पिलरलाई बर्खायाममा कालीगण्डकीले ल्याउने ठूला ढुंगाले निरन्तर कटानले फुटालेको थियो ।

नदीको निरन्तर कटानले फुटेर भत्केको पिलर संरक्षण गर्न रेक्ट्रोफिटिङ विधिबाट ज्याकेटिङको काम सुरु गरिएको हो ।

कालीपुलको मोटरेबलपुल सुरक्षित गर्न पिलरको जग खोलेर ५० सेन्टिमिटर थप पीसीसी गरी पाँच मिटर अग्लो रनिङ डबल जाली राखी केमिकलयुक्त माइक्रो कंक्रिट ढलान गरेर फर्मासहित ज्याकेटिङ गर्न लागिएको छ ।

सडक विभागको पुल महाशाखा पोखरा कार्यालयमार्फत आजाद निर्माण सेवा प्रालि काठमाडौंले पुलको पिलर मर्मत, रङरोगन तथा सोलार सिस्टमको ट्राफिक लाइट राख्न थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.