काठमाडौंमा सिप मेला : ब्युटिसियनदेखि मोबाइल मर्मतसम्मका तालिम नि:शुल्क

वैशाख १९, २०८१ |नारायण किलम्बू
काठमाडौंमा सिप मेला : ब्युटिसियनदेखि मोबाइल मर्मतसम्मका तालिम नि:शुल्क

काठमाडौं । उच्चशिक्षा हासिल गरे पनि सीप अभावमा हजारौँ युवा रोजगारीका लागि भौँतारिइरहनु परेको छ । तिनै युवालाई सीपयुक्त तालिम दिई स्वरोजगार बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले सीप मेला आयोजना गरेको छ । मेलाका क्रममा बेरोजगारलाई ब्युटिसियन, सूचना प्रविधि, मोबाइलमर्मत लगायतका तालिम निःशुल्क दिई २ हजार ८१ जनालाई स्वरोजगार बनाउने लक्ष्य महानगरको छ ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा आयोजना गरेको सीप मेलामा पुग्नेमा रोजगारीका लागि भौँतारिइरहेका युवा नै बढी देखिएका छन् । मेलामा पुरोहितदेखि सूचना प्रविधि, मेकानिकल, डिजाइन, ब्युटिसियन, अटोमोबाइल तथा  निर्माण सम्बन्धी ११ वटा क्षेत्रका २९ प्रकारका सीप निःशुल्क तालिम दिएर २ हजार ८१ जनालाई रोजगारी समेत उपलब्ध गराउने महानगरको उद्देश्य छ । रोजगारको खोजीमा बिदेसिने युवालाई स्वदेशमै सीपयुक्त तालिम दिई आत्मनिर्भर बनाइने महानगरले जनाएको छ । 

तालिमबाट २ हजार ८१ जनालाई रोजगारसँग जोड्ने उद्देश्यले सीप मेलाको आयोजना गरिएको हो । बेरोजगारी समस्या हल गर्न समेत सहयोग पुग्ने छ । सीप मेलाले युवाहरूमा उत्साह मात्र थपेको छैन, सीपयुक्त तालिमपछि जीविकोपार्जनमा समेत टेवा पुग्ने अपेक्षा उनीहरूको छ । सीपयुक्त तालिम पछि आफै काम गर्ने र  रोजगारीमा सहयोग पुग्ने अपेक्षा छ । 

रोजगार बन्ने उद्देश्यले तालिममा सहभागी हुन आएको हो । बेरोजगार युवालाई सिपयुक्त तालिम दिई आत्मनिर्भर बनाउन सहयोग पुग्ने तालिम प्रदायक संस्थाहरू बताउँछन् । यो वर्ष ५ हजारलाई रोजगारी दिने लक्ष्य अनुसार १५ हजार जनालाई सीपमूलक तालिम दिने योजना छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।