महँगी मात्रै बढ्‌यो– न मजदुरको ज्याला बढ्‌यो, न कर्मचारीको तलब

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
महँगी मात्रै बढ्‌यो– न मजदुरको ज्याला बढ्‌यो, न कर्मचारीको तलब

काठमाडौं । दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढिरहेको समयमा श्रमिक तथा कर्मचारीको ज्याला तथा तलब भने बढ्न सकेको छैन । ज्याला र तलब वृद्धि गत वर्षको तुलनामा निकै न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।

कृषि, निर्माण तथा काठको काम गर्नेहरू तथा अदक्ष कामदारको ज्याला बढ्न नसकेको हो । साथै कर्मचारीको आम्दानीमा पनि कुनै वृद्धि हुन सकेको छैन । जसका कारण पनि बजारमा आर्थिक शिथिलता देखिइरहेको छ । नेपाल राष्ट्र बैंकले तलब तथा ज्याला ५ दशमलव पाँच ६ प्रतिशतले बढेकोमा कर्मचारीको तलब भने जम्मा १ दशमलव शून्य-पाँच प्रतिशतले मात्रै बढेको जनाएको छ । गत वर्ष सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट १७ हजार ३ सय पुर्‍याएकाले तलब १२ दशमलव तीन-नौले बढेको थियो ।

आम्दानी खास बढ्न नसकेका बेला खाद्य तथा पेय पदार्थको भाउमा भने भारी मात्रामा बढेको छ। मरमसला २८ दशमलव एक सात, तरकारी १४ दशमलव शून्य-सात र दाल तथा गेडागुडीको ११ दशमलव दुई-दुई प्रतिशतले महँगी बढेको छ । त्यस्तै बजारमा दूध तथा अण्डाको भाउ भने ७.११ प्रतिशतले बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.